इङलिस प्रिमियर लिगमा २६ औं चरणका खेलहरु हुँदै

इङलिस प्रिमियर लिग अन्तर्गत आजबाट २६ औँ चरणका खेलहरु खेलिदैँछन् । यो सिजनको उपाधि यात्रामा बलियो देखिएको म्यान्चेष्टर सिटीले आफ्नै घरेलु मैदानमा अंक तालिकाको ४ औँ स्थानमा रहेको वेष्टह्मामसँग आझ साँझ आमनेसामने गर्दैछ ।

आजको खेलमा सिटिका स्ट्राइकर सर्जियो अगुइरो कमब्याक गर्ने प्रबल सम्भावना रहेको छ । उनी करिब तिन महिना देखि चोट र कोभिड १९ का कारण मैदान बाहिर रहेका थिए । सिटि विरुद्ध वेष्टह्याम पछिल्ला ११ खेलमा जीतविहीन रहेको छ । प्रिमियर लिगमा पछिल्ला १७ खेलहरुमा १ अंक पनि नगुमाएको शीर्ष स्थानमा रहेको सिटि आज पनि जीत निकाल्दै अंक तालिका फराकिलो बनाउने दाउमा रहेको छ ।

आज साँझ खेलिने अन्य २ खेलहरुमा वेष्टवर्न आफ्नै घरेलु मैदानमा ब्राइटनसँग खेल्दैछ भने लिड्स युनाइटेड पनि एष्टर्नभिल्लालाई आफ्नै घरेलु मैदानमा जीत निकाल्दै अंक तालिकामा २ खुड्किलो उक्लिदै ८ औ स्थानमा पुग्ने रणनितिका साथ मैदानमा उत्रिदैछ । प्रिमियर लिगको दोस्रो र तेस्रो स्थानमा भने क्रमश म्यानचेष्टर युनाइटेड र लेष्टर सिटि रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.