टोटनह्याम ३९ अंक जोड्दै ८ औँ स्थानमा उक्लियो

साबिक बिजेता लिभरपुलले सेफिल्ड युनाइटेडलाइ हराउँदै अंकतालिकामा सुधार गरेको छ ।

इङलिस प्रिमियर लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा सेफिल्ड युनाइटेडलाइ उसैको घरेलु मैदानमा २-० ले पराजित गर्‍यो । पहिलो हाफ गोल रहित बराबरीमा खेलेको सेफिल्डले दोस्रो हाफको ४८ ‍औँ मिनेटमा जोनेसले गरेको गोललाइ रोक्न भने सकेन ।

दोस्रो हाफको ६४औँ मिनेटमा लिभरपुलले अर्को गोल थप्दै अग्रतालाइ दोब्बर बनायो । गएराति सम्पन्न अर्को खेलमा दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड चेल्सीसँग उसैको घरेलु मैदानमा बराबरीमा रोकिएपछि दुवैले अंक बाँडे ।

घरेलु मैदानमा जीत निकाल्दै अंक तालिकामा माथि उक्लने चेल्सीको यो सपना भने युनाइटेडले रोकिदियो । त्यसैगरि, गएराति सम्पन्न अर्को खेलमा रियल म्याड्रिडबाट लोनमा आएका विगर म्यारेथ वेलको उत्कृष्ट प्रदर्शनले टोटनह्यामले बर्नलीमाथि शानदार जीत निकाल्यो ।

टोटनह्यामको जीतमा वेलले २ गोल र १ असिष्ट गर्दै बर्नलीमाथि आफ्नै घरेलु मैदानमा ४-० को फराकिलो जीत निकाल्यो । यो जीतसँगै टोटनह्याम ३९ अंक जोड्दै ८ औँ स्थानमा उक्लिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.