स्वर्गीय आङछिरिङ शेर्पा गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौं-  स्वर्गीय आङछिरिङ स्मृति गल्फ प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ । २ दिनसम्म संचालन भएको यो प्रतियोगितामा बिजयी हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगतामा सुनिल कार्की बिजेता बनेका थिए भने महिलातर्फ काष्मिरा शाह विजयी बनेकी थिइन। ६० वर्षमाथिका खेलाडीहरुमा प्रदिपकुमार श्रेष्ठ विजयी भएका थिए।

प्रतियोगितामा अन्य इभेण्टका बिजेतालाई पनि पुरस्कृत गरिएको थियो।

सबैभन्दा आकर्षक पुरस्कार किया सोनेटकार पुरस्कार थियो। ‘होल इन वान’ इभेण्टमा करिब १ सय मिटर परबाट होलमा बल छिराएर सुमन जोशीले यो पुरस्कार जितेका थिए।

किया मोटरले यो पुरस्कारको प्रायोजन गरेको थियो। खेलाडी जोशीले यसअघि पनि होलईन गरेर बल छिराएका थिए। तर कार पुरस्कार पाएका थिएनन।

प्रायोजक सुह्द घिमिरेले पनि केही वर्षअघि दक्षिण कोरियामा होलईनवान ईभेण्टमा होलमा बल छिराएर कारनै पुरस्कार पाएका थिए।

प्रतियोगिताका बिजयीहरुलाई यती समूहका अध्यक्ष ल्हाक्पा शोनाम शेर्पा, यतिएयरलाइन्स र तारा एरका म्यानेजिङ डाइरेक्टर चन्दा राई शेर्पा, यति एयरलाइन्सका महाप्रवन्धक अनोज रिमाल गोकर्ण गल्फ क्लबका अधयक्ष सुह्द घिमिरे लगायतले पुरस्कार प्रदान गरेका थिए।

त्यसबखत शान्ति सेवागृह र वर्ल्ड भिजन नामक संस्थालाई सामाजिक सेवाका लागि जनही १ लाख ६० हजार रुपैंया सहयोग प्रदान गरिएको थियो।

स्वर्गीय आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता आगामी वर्षदेखि पश्चिम हुँदै पूर्वका पर्यटकीय र ऐतिहासिक स्थानमा आयोजना गरिने जानकारी आयोजकले दिएका छन।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.