सीसीएमसी बैठकः नेपाल र भारतबीचको सडक यातायात सञ्चालन गर्न सरकारलाई सिफारिस

काठमाडौं– कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले नेपाल र भारतबीचको सडक यातायात सञ्चालन गर्नका लागि अनुमति दिन मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको सीसीएमसी बैठकले नेपालबाट भारतका बिभिन्न गन्तव्यमा जाने र भारतबाट नेपाल भित्रने सार्वजनिक यातायातका साधन सञ्चालनका लागि अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल भित्रने यात्रुहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको कोरोना परीक्षण रिपोर्ट प्रश्तुत गर्नुपर्ने मापदण्ड राखिएको सचिव खगराज बरालले जानकारी दिनुभयो ।

दुईदेशीय यातायात सञ्चालन खुल्ला गर्न यातायात व्यवसायीबाट अनुरोध आएपछि सिसिएमसीले सो सम्बन्धी निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.