आईपीएलको चौधौं संस्करण आजबाट सुरु

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गरी आइपीएलको यो दुई महिने लामो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

कोभिडलाई मध्यनजर गर्दै यस प्रतियोगितामा सहभागी सम्पूर्ण आठवटा टोलीले कुनैपनि खेल आफ्नो घरेलु मैदानमा खेल्ने छैनन् । यसैक्रममा आजको पहिलो खेल साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेञ्जर बेंग्लोर विरुद्ध चेन्नईको चेपाक मैदानमा नेपाली समय अनुसार पौने आठ बजे खेल्दैछ ।

मुम्बईका कप्तान रोहित शर्मा छैटौं उपाधीका लागि तम्तयार छन् भने भारतीय क्रिकेट टोली तथा बेंग्लोरका कप्तान बिराट कोहली भने आफ्नो पहिलो आइपीएल उपाधीको दाउमा प्रतियोगितामा उत्रदैछन् ।

बेंग्लोरले यसपालीको संस्करणका लागि अष्ट्रेलियाली बिस्फोटक ब्याटस् म्यान ग्लेन म्याक्सवेललाई अनुबन्धित गरेको छ भने मुम्बईको टोलीमा धेरै परिवर्तन देखिएको छैन । यसपटकको आइपीएलमा भने नेपाली स्पीनर सन्दिप लामिछाने देखिने छैनन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.