बेलायती महारानीलाई पतीशोक

लन्डन– बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले पुष्टि गरेको छ ।

सन् १९४७ मा एलिजावेथसँग बिहे गर्नुभएका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन विताउनुभएको थियो । उहाँहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बन्नुभएको थियो ।

गहिरो दुखका साथ महारानीले उहाँका प्रिय श्रीमान् राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको बेलायतको बकिङ्गम राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.