नर्सिङ कलेजका २२ जनामा कोरोना सङ्क्रमण

वीरगञ्ज- वीरगञ्जस्थित एक नर्सिङ कलेजका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणीअस्पतालमा गरिएको कोरोना परीक्षणमा क्याम्पसमा अध्यनरत विद्यार्थी र कर्मचारीहरुमा संक्रमण पुष्टि भएको हो। यसै गरी नारायणी अस्पतालमा उपचाररत एक वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। पछिल्लो समय सीमा क्षेत्रमा संक्रमण उच्च बनिरहेको छ ।

मुख्य सीमा नाकाहरुमा चेक जाचमा कडाइ गरिए पनि अन्यत्रबाट लुकीछिपी हुने आवतजावत नियन्त्रण हुन नसक्दा संक्रमण वढिरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.