आईपीएलको अन्तर्गत हिजोको खेलमा डीसीमाथि ३ विकेटको जित निकाल्दै राजस्थान विजयी

आज चेन्नई सुपरकिङ्स र पञ्जाव किङ्स भिड्दै

भारत- गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनमा समेटिएको थियो । दिल्लीको सुरुवाती ब्याटिङ खासै राम्रो हुन नसकेपनि कप्तान रिषभ पन्तले अर्ध-शतकीय कप्तानी पारी खेल्दै १४७ रनको साधारण योगफल बनाएका थिए ।

१४८ रनको लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको राजस्थानले १९ दशमलव ४ ओभरमा आफ्नो सात विकेट गुमाउँदै १५० रन बनाएपछि यो जित राजस्थानको हातमा गएको हो ।

राजस्थानका लागि जयदेव उनादकातले आफ्नो चार ओभरमा १५ रन खर्चिएर ३ विकेट लिंदै ११ रनको पारी खेलेवापत प्लेयर अफ द म्याच घोषित भए ।

राजस्थानले दिल्लीलाई पछिल्लो ६ खेलमा पहिलोपटक हराउन सफल भएको हो ।

आज साँझ चेन्नई सुपरकिङ्स र पञ्जाव किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.