त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डसद्वारा मलेशिया पराजित

काठमाडौं- त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले मलेशियालाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्याण्डस्ले मलेशियालाई १५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९१ रन बनायो । एक सय ९२ रनको विजय लक्ष्य पछ्याउने क्रममा मलेशियाले आठ विकेट गुमाउँदै १७६ रन मात्र बनायो ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले शतकीय पारी खेल्नुभयो । उहाँले ७३ बलमा अविजित १३३ रन बनाउनुभयो । यसक्रममा उहाँले ६ छक्का र १५ चौका प्रहार गर्नुभयो । यस्तै कप्तान बेन कुपरले २० तथा स्कोट इडवार्डले ३१ रन बनाउनुभयो । बलिङतर्फ मलेशियाका लागि पवनदीप सिंह र अनवर अहमदले एक/एक विकेट लिनुभयो । जवाफी ब्याटिङमा उत्रेको मलेशियाको खराव सुरुवात रह्यो । मलेशियाले २० रन बनाउँदा तीन विकेट गुमाएको थियो । मलेशियाका लागि सरभिन मुनिडेले २८, विरनदिप सिंह ८७, अनिमुद्दिन राम्लेले २६ तथा सर्भिन मुनिन्डेले २८ रन बनाउनुभयो ।

बलिङतर्फ नेदरल्याण्ड्सका लागि आर्यन दत्त, बास डी लिडी र सवास्चियन ब्राटले दुई दुई विकेट लिनुभयो । प्रतियोगितामा नेपालले सोमबार मलेशियासँग आफ्नो दोस्रो खेल खेल्ने छ । पहिलो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्लाई नौ विकेटले पराजित गरेको थियो । तीन देश सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल शीर्ष स्थानमा नेदरल्याण्डस् दोस्रो तथा मलेशिया पुछारमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.