रामनवमीका अवसरमा सार्वजनिक बिदा

जनकपुर- प्रदेश नं २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.