युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड र चेल्सी बराबरीमा रोकिए

गएराति सम्पन्न युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इङ्लिस क्लब चेल्सी बराबरीमा रोकिएका छन् ।
रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा सम्पन्न खेलको पहिलो हाफको १४औं मिनेटमा चेल्सीले गोल गर्दै अग्रता कायम गरेको थियो ।
तर पहिलो हाफको २९औं मिनेटमा रियलका करिम वेन्जेमाले ईडेर मिलिटायोको असिस्टलाई गोलमा परिणत गरेपछि खेल बराबरीमा पुगेको थियो ।
खेलको ९०औं मिनेटसम्ममा १-१ गोलको बराबरीमा खेल टुङ्गिएपछि पहिलो लेग बराबरीमा रोकिएको हो ।
दोस्रो सेमिफाइनलको पहिलो खेल आज राती पीएसजी र म्यानचेष्टर सिटीबीच खेल हुँदैछ ।।





प्रतिक्रिया राख्नुहोस्