चन्द्रमामा पहिलोपटक पुग्ने माइकल कोलिनको मृत्यु

चन्द्रमामा पहिलोपटक पुग्ने तीन जना अमेरिकी अन्तरिक्ष यात्री मध्येका एक माइकल कोलिनको ९० वर्षको उमेरमा निधन भएको छ ।

एपोलो-११ नामक अन्तरिक्ष यानबाट सन् १९६९ मा निल आर्मस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिनले पहिलोपटक अन्तरिक्षको सफल यात्रा गर्नु भएको थियो । मार्स मिसन अन्तर्गत चन्द्रमाको यात्रामा जानु भएका तीन जना अन्तरिक्ष यात्री मध्ये निल आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा हिड्नु भएको थियो । तर माइकल कोलिन भने चन्द्रमाको बाहिर कक्षमा नै बस्नु भएको थियो । तीन अन्तरिक्ष यात्री मध्ये चन्द्रमाको सतहमा पाइला नटेकी फर्कने अन्तरिक्ष यात्री हुनुहुन्छ । उहाँको क्यान्सर रोगका कारण निधन भएको हो ।

तीन अन्तरिक्ष यात्री मध्ये ९१ वर्षीय बज एल्ड्रिन एपोलो-११ का एक मात्र जीवित अन्तरिक्ष यात्री हुनुहुन्छ । यस अघि नै निल आर्मस्ट्रङको निधन भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.