खुदी खोलाको बाढीले २ सय घर गोठ उच्च जोखिममा

पोखरा– पोखरा महानगरपालिका लेखनाथ क्षेत्रस्थित खुदी खोला छेउको सुकुम्बासी बस्तीमा रहेका २ सय घरगोठ उच्च जोखिममा रहेका छन् ।

महानगरपालिका वडा नं. ३० र ३२ को बीच बाट बग्ने खुदीखोलामा गत असोज महिनामा आएको बाढीले खोलाकिनारको करिब १ किलोमिटर दुरी तलसम्म ३ सय रोपनी बढी क्षेत्रफलजमिन कटानगरी बगाएकोले नजिकमा रहेको बस्ती जोखिममा परेको हो ।

गत वर्षातकोबेला लगातारआएको बाढीले यसक्षेत्रको ३ सयरोपनी भन्दा बढी धानखेत सहित सूर्य बहादुर, गणेश अधिकारी र सन्त बहादुर लगायतका १४ घर बाढीले बगाएको थियो ।।

वडा नम्बर ३० गगन गौंडा बाट सातमुहाने हुँदै रुपाकोट पुग्ने सडकको बचमा पर्ने खुदीखोलामा बनेको कज्वेपुल , बिधुत पोल, खानेपानीका पाईप र सडकसमेत बाढीले बगाएको भएपनि ति संरचना हरु अझैसम्म बनेका छैनन् ।

जुनसुकै बेला खोलामा बाढी आउन सक्ने र ठुलो धनजनको क्षती हुन सक्ने भएपनि आफ्नो अन्यत्र बस्ने खाने ठाउँ नहुँदा पानी परेका दिन रातभरी जागाराम बसी रात बिताउनु पर्ने बाध्यता रहेको त्यस क्षेत्रमा बस्दै आएकाहरुको भनाई रहेको छ ।

पोखरादेखि रुपाकोट देउराली हुँदै लम्जुङ्ग सम्म पुग्ने सडक अन्र्तगत पर्ने सो खोलामाथि बनेको पक्कीपुल यस अघि आएको बाढीले पिलरनजिक बनेको तटबन्ध भत्काएपछि पुल सहित जोखिममा रहेकोले बस्ती जोगाउँनका लागि दीर्घकालिन रुपमा संरक्षण हुने गरी खोलामा तटबन्ध गर्नुपर्ने स्थानीयहरुको माग रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.