लेष्टर सिटीले जित्यो एफए कप फुटबलको उपाधि

लेष्टर सिटीले पहिलो पटक यस वर्षको इङ्लिस एफए कप फुटबलको उपाधि जितेको छ । चेल्सीको घरेलु मैदान लण्डनको वेम्लेमा सम्पन्न खेलमा लेष्टरले १-० को जीत निकालेको हो ।

चार पटकसम्म उपविजेतामा चित्त बुझाएको लेष्टरले यसपटक भने गत वर्षको उपविजेता चेल्सीलाई हराउँदै उपाधी जितेको हो । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको लेष्टरले दोस्रो हाफको ६३औं मिनेटमा मिडफिल्डर युरी तिलिमान्सले गोल गर्दै अग्रता लिएको थियो । युरीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएपछि यो नै निर्णायक गोल बन्न पुगेको थियो ।

झन्डै २० हजार दर्शकहरुको उपस्थितिमा खेलिएको खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो । अब चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा करिब २ सातापछि म्यानचेष्टर सिटीको सामना गर्नेछ । लेष्टर भने क्लब इतिहासमै पहिलोपटक एफए कप उपाधि उचालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.