नेपाल र इराकबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं- नेपालले आज फिफा वरियतामा माथिल्लो स्तरमा रहेको इराक विरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ ।

इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराक बीचको खेल नेपाली समय अनुसार आज राति सभा १० बजे सुरु हुनेछ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिफा वरियतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले सार्वजनिक गरेको वरियतामा इराक ६८ औं स्थानमा रहेको छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।

यही टोलीले विश्वकप छनोटका बाँकी ३ खेल पनि खेल्नेछ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत जानेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.