छनौट चरण अन्तर्गतका बाँकी खेल खेल्न नेपाली टोली कुवेतमा

काठमाडौं- फिफा विश्वकप २०२२ तथा एशिया कप २०२३ का छनौट चरण अन्तर्गतको बाँकी खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ ।

शनिवार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेर हिजो साँझ नेपाली टोली कुवेत प्रस्थान गरेको थियो । नेपाली टोलीले अब जेठ २० गते चाइनिज ताइपेई, जेठ २५ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग विश्वकप छनौटको बाँकी खेलहरु खेल्नेछ ।

सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघिनै खेल खेलिसकेको छ । कोरोना महामारीका कारण नेपालले आफ्नै घरेलु मैदानमा दशरथ रंगशालामा खेल्नुपर्ने खेल न्युट्रल भेन्युका आधारमा कुवेतमा खेल्न लागिएको हो । नेपाल अहिले अंक तालिकामा तीन अंकसहित चौथो स्थानमा रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.