क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले २० वर्षमा पहिलो पटक नयाँ आर्थिक कार्यविधि पारित गरेसँगै राष्ट्रिय टोलीका खेलाडीलाई खेल भत्ता दिने बाटो खुलेको हो । क्यानको निर्णयसँगै अब पुरुष खेलाडीले प्रति एकदिवसीय खेल वापत १० हजार र टी-ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउनेछ्न् ।

यसैगरी महिला टोलीका खेलाडीले भने एकदिवसीय खेल खेलेावपत ५ हजार र टी-ट्वान्टीमा ३ हजार रुपैंया पाउने क्यानले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.