डेनमार्कमाथि बेल्जियमको सानदार जित, नेदरल्यान्ड्सले अस्ट्रियालाइ र युक्रेनले मेसोडोनियालाइ हरायो

१६ औं संस्करणको युरोपकप फुटबलमा आज तीनवटा खेलहरु हुँदैछन् । समूह चरण अन्तर्गत हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

यसैगरी दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । यी दुई टिमबीचको खेल आज राति ९:४५ बजे सुरु हुनेछ ।

यस्तै राति १२:४५ बजे हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा युक्रेनले नर्थ मेसिडोनियामाथि २-१ गोल अन्तरले जित हासिल गरेको छ । रोमानियामा भएको खेलमा युक्रेनलाई प्रतियोगिताको पहिलो जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक-एक गोल गरेका थिए । नर्थ मेसिडोनियाका लागि एग्जान एलिवस्कीले ५७औं मिनेटमा एक गोल फर्काएका थिए ।

हिजो रातीनै सम्पन्न समूह चरणको दोस्रो खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले हराउँदै बेल्जियम युरो २०२० को अन्तिम-१६ मा पुगेको छ ।

खेल सुरु भएको दोस्रो मिनेटमै १-० ले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित सुनिश्चित गरेको हो । बेल्जियमलाई जित दिलाउन थ्रोगन हाजार्ड र केभिन डी ब्रयुनाले १-१ गोल गरे । खेलको दोस्रो मिनेटमै होइबर्गको पासमा युसुफ पौल्सेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

यसैगरी गएराती सम्पन्न खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले दोस्रो जित निकालेको छ ।
नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरेका थिए ।

घरेलु मैदानमा खेलेको नेदरल्याण्डसले ११ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै डिपेले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।

यो जितसँगै समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.