जापानमा स्वास्थ्य संकटकाल हटाउने तयारी

जापान सरकारले राजधानी टोकियो सहित नौ वटा शहरमा कोभिड १९ नियन्त्रणका लागि लगाइएको स्वास्थ्य सङकटकाल हटाउदै लैजाने तयारी गरेको छ ।

आगामी सोमबारदेखि जापान सरकारले कोभिड १९ नियन्त्रणका लागि लगाइएको स्वास्थ्य सङकटकाल हटाउने निर्णय गरेको हो । गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो ।

यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो ।

सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आपतकाल अन्त्य हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.