स्पेन र पोल्यान्ड बराबरीमा रोकिए, जर्मनीले पोर्चुगललाई ४-२ गोलले हरायो

युरोकप फुटबलको समूह ‘ई’ को गएराति सम्पन्न खेलमा स्पेन र पोल्यान्ड बराबरीमा रोकिएका छन् ।

बराबरीसँगै स्पेन दुई अङ्कसहित तेस्रो स्थानमा र पोल्यान्ड एक अङ्कसहित पुछारमा छ । यो समूहमा स्वीडेन शीर्ष र स्लोभाकिया दोस्रो स्थानमा छ । हिजै राती भएको अर्को खेलमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ ।

जर्मनीको म्युनिखमा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । हिजै भएको अर्को खेलमा हँगेरीले फ्रान्सलाई बराबरीमा रोकेको छ । बुडापेष्टमा भएको समूह एफको खेलमा हँगेरीले शक्तिशाली फ्रान्सलाई १–१ को बराबरीमा रोक्दा अङ्क बाँड्न बाध्य बनाएको हो ।

हिजोको बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा छ ।

यसैबीच १६ औं संस्करणको युरोकप फुटबलमा समूह चरण अन्तर्गत समूह ‘ए’ को आज दुईवटा खेलहरु हुँदैछन् । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । आजका दुबैवटा खेल एउटै समयमा हुँदैछन् । अघिल्ला दुई खेलमा जित निकालेर ६ अंक जोडेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ । यता स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ टर्कीले अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.