चीनमा एक अर्बभन्दा बढी खोप लगाइयो

बेइजिङ– चीनले आफ्ना जनतालाई एक अर्बभन्दा बढी मात्रा खोप लगाएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । पछिल्लो पाँच दिनमा मात्रै १० करोड मात्राभन्दा बढी खोप लगाइएको हो । चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरु क्लिनिकल परीक्षणमा रहेका छन् । त्यसमध्ये चार किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने तीन किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

चीनमा सञ्चालित खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर ३ देखि १७ वर्षको उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको चिनिया स्वास्थ्य अनुसन्धान आयोगले जनाएको छ । आउँदो ६ महिनामा ७० प्रतिशत लक्षित जनसंख्यालाई खोप दिइसक्ने योजनामा चीन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.