इङ्गल्याण्ड समूह विजेता

यूरो २०२० अन्तर्गत समूह डिको अन्तिम खेलमा इङ्गल्याण्ड समूह विजेता बनेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा इङ्गल्याण्डलवे चेक रिपब्लिकलाई १(० गोलले पराजित गर्दै समूह डिको शीर्ष स्थानमा रहन सफल भएको छ । खेल सुरु भएको दोश्रो मिनेटमा गोल गर्नबाट चुकेका इङ्गल्याण्डका स्ट्राइकर स्टर्लिङ्ले खेलको १२ औँ मिनेटमा गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए ।

चेकले केही अवसरहरु श्रृजना गरेपनि गोल गर्न नसक्दा यो जीत इङ्गल्याण्डको पक्षमा गएको हो । समूह डि अन्तर्गत नै आज बिहान भएको अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३-१ गोलको फराकिलो जीत निकाल्दै आफ्नो यात्रालाई अन्तिम १६ मा राख्न सफल भएको छ । खेलको १७ औँ मिनेटमा गोल गर्दै क्रोएसियाले अग्रता कायम गरेको थियो तर खेलको ४२ औँ मिनेटमा स्कटल्याण्डले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो ।

दोश्रो हाफको ६२ औँ मिनेट र ७७ औँ मिनेटमा दुई गोल थप्दै क्रोएसीयाले यो जीत निकाल्न सफल भएको हो । यो जीतसङ्गै क्रोएसिया चेक रिपव्लिकलाई पछि पारी उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसिया र चेक रिपव्लिक ४/४ अङ्क र गोल अन्तर वरावर भएपछि बढी गोल गरेको आधारमा क्रोएसिया अन्तिम १६ मा पुगेको हो ।

युरोकप २०२० को समूह चरणको अन्तिम खेल अन्तर्गत आज बेलुका ९: ४५ वजे समुह इ का स्लोभाकिया र स्पेन अनि स्विडेन र पोल्याणड प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी समूह एफ अन्तर्गत मध्यरात १२स ४५ वजेको खेलमा जर्मनी र हङ्गेरी अनि पोर्चुगल र फ्रान्स आमनेसामने गर्दैछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.