युरोकप फुटबलः स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै इटाली फाइनलमा प्रवेश

जारी युरोकप २०२० अन्तर्गत पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेको छ ।

इङ्ल्याण्डको लण्डनस्थित वेम्ब्ली मैदानमा ६० हजार दर्शकसामु खेलिएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा भने इटालीले अग्रता लिन सफल भएको थियो । खेलको ६०औं मिनेटमा इटालीका फेडेरिको चियासाले गोल गर्दै चारपटकको विश्वकप विजेता इटालीलाई अग्रता दिलाएका थिए ।

खेलको ८०‍औं मिनेटमा स्पेनका स्ट्राइकर अलभारो मोराटोले बराबरी गोल गर्दै तीनपटकको युरोकप विजेता स्पेनलाई खेलमा फर्काएका थिए ।

तर पेनाल्टी सुटआउटमा भने स्पेनका मोराटो र ओल्मो दुवैले आ-आफ्नो पेनाल्टीमार्फत् गोल गर्न चुकेपछि खेल ४-२ गोलको अन्तरले इटालीको पक्षमा गएको हो ।

पछिल्ला ३३ खेलहरुमा अपराजित रहेको इटालीले अब फाइनल खेल आज राती खेलिने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । आज मध्यरात १२.४५ बजे दोस्रो सेमिफाइनल खेल इङ्ल्याण्ड र डेनमार्कबीच लण्डनस्थित वेम्ब्ली खेल मैदानमा हुँदैछ । आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै इङ्ल्याण्ड डेनमार्कलाई पछि पार्ने दाउमा रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.