भण्डारी मृत्यु प्रकरण : ‘भिसेरा रिपोर्ट’ आउन बाँकी, स्थानीयको आन्दोलनले अनुसन्धानमा समस्या

चितवन- सुजिता भण्डारीको मृत्युको बिषयलाई लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले चितवनमा भइरहेको सडक आन्दोलनले अनुसन्धानमा असर परेको जनाएको छ ।

प्रहरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले स्थानीयको आन्दोलनले अनशन्धानमा समस्या श्रृजना भएको जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा सुजिता भण्डारीको शव फेला परेपछि अनुसन्धान शुरु भइरहेको र सडक अबरोधका कारण मृतकका परिवारसँग सहज रुपमा भेटघाट गर्न समेत हुन नपाउँदा अनुसन्धानमा बाधा पुगिरेको उहाँले बताउनु भयो ।

भण्डारीको शव परिक्षणको लागि काठमाण्डौको टिचिङ्ग अस्पताल पठाइएको र पोष्टमार्टम रिपोर्टबाट हत्या भएको नदेखिएपछि थप अनुसन्धानको लागि भिसेरा जाँच गर्न पठाइको प्रहरी उपरिक्षक अधिकारले बताउनु भयो ।

भण्डारी शव फेला परेदेखि  सडक आन्दोलन गरेर सडक अबरोध गर्दै आएपछि राजमार्गमा कर्फ्यू लगाइएको छ ।

घटनाको अनुसन्धानमा खटिनु पर्ने प्रहर राजमार्गको कर्फ्यू ब्यबस्थापनमा लाग्नु परेकोले समस्या भएको प्रहरीको भनाइ छ ।

भण्डारी मृत्युको कारण पत्ता लगाउन सबैको सहयोगको आबश्यकता रहेको र प्रहरीलाई अनुसन्धान गर्न अबरोध गर्नुको सट्टा सहयोग गर्न प्रहरील‍े आग्रह गरेको छ ।।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.