पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान इङ्ल्याण्डसँग ९ विकेटले पराजित

इङ्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तान पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा ९ विकेटले पराजित भएको छ ।

इङ्ल्याण्डको सोफिया गार्डेन्समा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाहुना टोली पाकिस्तान ३५ दशमलव २ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै १४१ रनमा समेटिएको थियो ।

१४२ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको घरेलु टोली इङ्ल्याण्डले २१ दशमलव ५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो जीत इङ्ल्याण्डको पोल्टामा गएको हो । इङ्ल्याण्डका लागि डेविड मालन र ज्याक क्राउलीले अर्धशतकीय पारी खेलेपछि जीत सहज बनेको थियो ।

इङ्ल्याण्डका मुख्यमुख्य पहिलो दर्जाका खेलाडीहरु श्रीलंकासँगको खेलपछि कोभिडको आशंकामा आइसोलेसनमा बस्‍नुपरेपछि इङ्ल्याण्डले आफ्नो दोस्रो टोलीलाई मैदानमा उतारेको थियो ।

यता पाकिस्तानले भने तीनवटा एक दिवसीय श्रृङ्खलामा पाकिस्तानको दोस्रो टोलीसँग पहिलो खेलमै लज्जास्पद हार व्यहोरेको छ । दोस्रो एकदिवसीय खेल भने भोलि ३.४५ बजेबाट सुरु हुँदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.