युरोकपको फाइनल आज

 

एक महिना अघि युरोपका विभिन्न सहरमा सुरु भएको १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज राति हुँदैछ ।

युरोकप फुटबलको उपाधिका लागि आज इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल विम्ली स्टेडियममा नेपाली समय अनुसार पौने १ सुरु बजे हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटालीको भने यो युरो कपको चौथो फाइनल खेल हो । इंग्ल्यान्डले डेनमार्कलाई र इटली स्पेनलाई हराएर फाइनलमा पुगेको हो ।

आयोजक इंग्ल्यान्ड ५५ वर्ष पछि कुनै पनि ठूलो प्रतियोगीताको उपाधि जित्ने होडमा रहेको छ । हेट टु हेडका आधारमा इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जहाँ इटालीले ११ खेल जित्दा इंग्ल्यान्डले ८ खेल जितेको छ । टिमबीचको ८ खेल बराबरीमा सकिएको छ । आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आंकलन गरिएको छ । तर युइएफको कारवाहीपछि इंग्ल्यान्ड आज मैदानमा दबाबमा देखिने खेल विश्लेषकहरुले बताएका छन् ।

यसैबीच आज बिहान सम्पन्न कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनल उपाधि जितेको हो । अर्जेन्टिनाका लागी डि मारियाले विजयी गोल गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.