चीनको एउटा सबवे स्टेशनभित्र बाढीको पानी पस्दा कयौं यात्रु अलपत्र

चीनको व्यस्त सबवे स्टेशनभित्र बाढीको पानी पसेपछि कयौं यात्रुहरु अलपत्र परेका छन् । तीब्र बेगमा अचानक बाढी पसेपछि भाग्न प्रयास गरे पनि कयौं यात्रुहरु प्लेटफर्ममै बगेका छन् ।

बाढीका कारण एउटा रेल पानीमा डुबेको छ । त्यहाँ रहेका यात्रुहरुको कम्मर र घाँटीसम्म पानी आएपछि उनीहरु त्रसित बनेका छन् । डरले यात्रीहरूले सास फेर्नको लागि माथि आउने प्रयास गरिरहेका छन् ।

बाढीले बगाउने र डुब्ने डरले यात्रुहरु कुर्सी तथा कार माथि उभिरहेको दृश्य सामाजिक संजालहरु छाएका छन् । पानीमा डुबेका कयौं यात्रीहरुले उद्दारको माग गरेका छन् । केही समय मात्रै ढिला भए पनि आफूहरुको जीवन समाप्त हुने भन्दै तत्काल उद्दार गर्न पीडितहरुले अपिल गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.