आईसीसी टी-ट्‍वान्टीमा भारतमाथि पाकिस्तानको ऐतिहासिक जीत

पाकिस्तानले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । आईसीसी टी-ट्‍वान्टी २०२१ को गएराती सम्पन्न खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो ।

यो जीतसँगै पाकिस्तानले अहिलेसम्मको विश्वकपमा भारतलाई पहिलोपटक पराजित गरेको हो । दुवई इन्टरनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारत २० ओभरमा सात विकेट गुमाउँदै १५१ रनमा समेटिएको थियो ।

भारतका कप्तान विराट कोहलीले ५७ रनको सर्वाधिक रन बनाउँदै टी-ट्‍वान्टी विश्वकपमा आफ्नो दशौं अर्धशतक बनाएका थिए । पाकिस्तानका तीव्रगतिका बलर साहिन साह अफ्रिदीले पहिलो ओभरमा ओपनर रोहित शर्मालाई गोल्डेन डकआउट र तेस्रो ओभरमा अर्का ओपनर केएल राहुललाई बोल्ड गर्दै सुखद सुरुवात दिलाएका थिए ।

१५२ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले बिना विकेट १७ दशमलव ५ ओभरमा लक्ष्य पूरा गर्दै ऐतिहासिक जीत निकालेका हुन् ।

पाकिस्तानको जीतमा ओपनरद्वय कप्तान बाबर आजमले अविजित ६८ रन र मोहम्मद रिजवानले अविजित ७९ रनको पारी खेलेका थिए । बाबर र रिजवानको यो साझेदारीले टी-ट्‍वान्टी विश्वकपमा नयाँ कीर्तिमानी बनाएको छ ।

यसअघि सन् २००७ को विश्वकपमा वेष्टइन्डिजका क्रिस गेल र डेवन स्मिथले १४५ रनको साझेदारी बनाएका थिए । हिजै सम्पन्न पहिलो खेलमा भने श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेल अफगानिस्तान र स्कटल्याणडबीच साँझ ७.४५ बजे खेलिंदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.