म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडमाथि सानदार जीत निकालेको छ ।

आफ्नो घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेष्टर युनाइटेडले लिभरपुलसँग ०-५ गोल अन्तरको लज्जास्पद हार व्यहोरेको हो ।

फर्वार्ड महम्मद सलाहको ह्‍याट्रिकमा लिभरपुलले पहिलोपटक युनाइटेडको घरेलु मैदानमा युनाइटेडलाई यति फराकिलो जीत निकाल्न सफल भएको हो ।

पहिलो हाफ ४-० ले अगाडि रहेको लिभरपुलका स्ट्राइकर महम्मद सलाहले खेलको ५०औं मिनेटमा कप्तान हेन्डरसनको पासलाई पूर्ण सदुपयोग गर्दै पेनाल्टी क्षेत्रभित्र लगेर गोल गर्दै आफ्नो ह्‍याट्रिक पूरा गरेका थिए ।

दोस्रो हाफको ६०औं मिनेटमा म्यानचेष्टर युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । मेसन ग्रिनबुडको स्थानमा प्रवेश गरेका चर्चित खेलाडी पल पोग्बा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

लिभरपुलका स्ट्राइकर नाबी केइटालाई नराम्रो फल गरेवापत रेफ्रिले भीएआरको सहयोगमा पोग्बालाई रातो कार्ड दिएका हुन् । यस जीतसँगै लिभरपुल २१ अंकसहित दोस्रो स्थानमा रहेको छ भने चेल्सी २२ अंकसहित पहिलो स्थानमा रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.