सुडान कू: सात प्रदर्शनकारीको मृत्यु, १ सय ४० घाइते

सुडानमा सैन्य कब्जाको विरोध गरिरहेका भीडमाथि सैनिकले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको र करिब १ सय ४० जना घाइते भएको बताइएको छ ।

सेनाले नागरिक शासन भङ्ग गर्नुका साथै राजनीतिक नेताहरूलाई पक्राउ गरेर आपतकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । सेनाले राजधानी खार्तुमका घरघर गएर स्थानीय प्रदर्शनकारी अगुवालाई पक्राउ गरिरहेको बताइएको छ ।

हिजो रात परेपछि, ठूलो संख्यामा प्रदर्शनकारीहरू खार्तुमको सडकमा उत्रिएका थिए । लामो समयदेखि शासक ओमार अल-बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरेपछि नागरिक नेताहरू र उनीहरूका सैन्य समकक्षहरूबीच मतभेद छ ।

विद्रोही नेता जनरल अब्देल फताह बुरहानले सैन्य कारबाहीका लागि राजनीतिक आन्तरिक कलहलाई दोष दिएका छन् ।

सुडानमा भएको सैन्य कब्जाको विश्वभर निन्दा भएको छ, र अमेरिकाले तत्कालै सात सय मिलियन डलर सहायता रोक्ने घोषणा गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.