काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्ने

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।

आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा काँग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभाको आगामी निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेद्वार तय गर्ने मुख्य एजेण्डा रहेको र अन्य विषयमा पनि छलफल हुने काँग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपालटीभीअनलाइनलाई जानकारी दिनुभयो । सह-महामन्त्री उपाध्यायले केन्द्रीय कार्यसमितिको बैठक अघि नेपाली काँग्रेसको पदाधिकारीहरुको बैठक बस्ने पनि बताउनुभयो ।

बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सकिएपछि मात्र काँग्रेसको बैठक बस्ने भएकोले निर्धारित समय भन्दा केही ढिला हुने जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.