प्रधानमन्त्री कप टि–२० : उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीचच प्रतिश्पर्धा जारी

काठमाडौं- काठमाडौंमा जारी प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनल उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लवबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोका दुई वटा समिफाइनल खेलमा आ-आफ्नो समूहबाट विजयी हुदै आज हुने फाइनल प्रतिस्पर्धाका लागि एपीएफ र पुलिसको भेट पक्का भएको हो । फाइनल खेल त्रिभुवन क्रिकेट मैदानमा अहिले बिहान १० बजेबाट शुरु हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको पहिलो खेलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले पाँच विकेट गुमाएर १५५ रन जोडेको थियो । पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेले ।

जितका लागि १५६ रनको लक्ष्य पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन मात्र बनाउन सक्यो । यसैगरी हिजै भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपीएफ क्लबले विभागिय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।

टियु क्रिकेट मैदानमै भएको खेलमा एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी १ सय ८३ रनमै सिमित भए पछि एपिएफ विजयी हुदै फाइनल पुगेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.