माओवादीले बनायो एमसीसी सुझाव कार्यदल

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छः कृष्णबहादुर महरा

काठमाडौं– नेकपा (माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

कार्यदलको नेतृत्वबारे भने खुलाइएको छैन । पूर्वस्थायी कमिटी सदस्य तथा आयोग प्रमुखहरूको बैठकमा एमसीसीबारे चर्को आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु बसेको आजको बैठकमा आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको महराले बताउनुभयो ।

बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.