कांग्रेस बैठक आज

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बोलाइएको छ ।
दिउँसो ३ बजेका लागि बोलाइएको भर्चुअल बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनका सम्बन्धमा छलफल गर्ने मुख्य एजेण्डा रहेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनु भएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनका अतिरिक्त स्थानीय तहको निर्वाचन लगायतका समसामयिक विषयहरुमा समेत छलफल हुने बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्