कांग्रेस जिल्ला अधिवेशन फेरि दुई दिन सर्‍यो

काठमाडौं- नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ। बिहीबार बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो।

कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो।

कांग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.