भोलिदेखि हुने एसइई परीक्षाको सबै तयारी पूरा

वैशाख ९ गते अर्थात् भोलिदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

जिल्ला शिक्षा समन्वय समितिका अनुसार यस वर्षको परीक्षामा मोरङमा कूल १८ हजार ४९६ विद्यार्थी सहभागी हुनेछ । तीमध्ये साधारणतर्फ १७ हजार ८५१, प्राविधिक ५६० र पुनः परीक्षा दिएर उर्तीण भएका ग्रेड वृद्धि विद्यार्थीका सङख्या ८५ छन् ।

परीक्षालाई व्यवस्थित एवं मर्यादित बनाउनका लागि जिल्लामा परीक्षा केन्द्र ७१, केन्द्राध्यक्ष ७१, सहायक केन्द्राध्यक्ष १२२, निरीक्षक ९२२, परीक्षा सहायक १८६, कार्यालय सहयोगी ३७१ सहित एक हजार ६७२ जनशक्ति परिचालन हुने जिल्ला शिक्षा समन्वय अधिकारी टङ्क गौतमले जानकारी दिनुभयो । उहाँले परीक्षालाई सभ्य एवं भव्य बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको छ र परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत बनाएको छ भन्नुुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.