भोजपुरको पौवादुङमा गाउँपालिकामा एमाले विजयी

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकामा एमाले विजयी भएको छ ।

एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले २४ सय ९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेलले १६ सय ८८ मत प्राप्त गर्नुभयो । कांग्रेसका मनोज कार्कीले १३ सय ७१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २४ सय ६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७ सउ ६९ मत प्राप्त गर्नुर्भएको छ । ६ वडामध्ये ३ वटा वडा एमाले, २ वटा वडा मा‌ओवादी र एउटा वडा कांग्रेसले जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.