नमोबुद्ध नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

काभ्रे- नमोबुद्ध नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनतर्फका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित हुनुभएको हो ।

प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३ सय ८९ मतको अन्तरले पराजित गर्नुभयो । लामाले ११ हजार २ सय ११ र भुर्तेलले ५ हजार ८ सय २२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६ सय ४४ मतले पछि पार्दै गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा निर्वाचित हुनुभयो । लामाले ८ हजार १ सय ८७ र एमालेकी सम्झना लामाले ६ हजार ५ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसले वडा नं २, ३, ५, ६ र ९ गरी ५ वडा, एमालेले वडा नं ४, ८ र ११, माओवादी केन्द्रले वडा नं ७ र १० र वडा नं १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.