आइसीसी विश्वकप लिग- २ को अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित

आइसीसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडिआइ सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । सुरुवाती ब्याट्सम्यानहरुको फितलो प्रदर्शनले नेपाल अमेरिकासँगको अन्तिम खेलमा ३९ रनले पराजित हुन पुगेको हो ।

अमेरिकाको ह्‍यास्टनस्थित मोसा क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २४५ रन बनाएको थियो ।

तीब्र गतिका बलर करण केसीले नेपालका लागि तीन विकेट लिएका थिए भने कप्तान सन्दिप लामिछानेले दुई विकेट लिन सफल भएका थिए । २४६ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको नेपाल ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २०६ रनमा समेटिएपछि अमेरिकाले यो जीत हात पारेको हो ।

आजको खेलमा कुशल भुर्तेल र आसिफ शेखको ब्याटिङ चल्न सकेन । नेपालको ९३ रनमा पाँच विकेट क्षतिको खराब सुरुवातलाई छैटौं विकेटका आरिफ शेख र सोमपाल कामीले १०६ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको रनरेट उच्च बनाएका थिए ।

तर अन्तिम सात रन जोड्दा पाँच विकेट गुमाएपछि नेपाल पराजित हुन पुगेको हो । अमेरिकासँगको पहिलो खेल टाइ भएको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले हराएको थियो । यो हारसँगै नेपाल १६ खेलमा सातमा जीत आठमा हार र एकमा बराबरी गरी १५ अंक जोड्दै पाँचौं स्थानमा पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.