बनेपा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर बितरण

काभ्रे- बनेपा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई १ सय ६ वटा हाते ट्याक्टर बितरण गरेको हो ।

श्रम र समयको वचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । बनेपा नगरपालिकालले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तीरत्न शाक्यले बताउनुभयो ।

बनेपा नगरपालिकाका नगरप्रमुख शाक्यले ट्याक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताउनुभयो । उहाँले बिगतका दिनमा केहि केहिले अनुदानमा ट्याक्टर लियर बेच्ने भन्ने कुरा सुनेकोले त्यस्तो नगर्न अनुरोध गर्दै नगरपालिकाले सहुलियत अनुदानमा ट्याक्टर लिएको घर घरमा पुगेर अनुगमन गर्ने बताउनुभयो ।

परम्परागत रुपमा खेती गरिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरेको उहाँको भनाइ छ । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.