महाअभियोग सिफारिस समितिले सुरु गर्‍यो अध्ययन

काठमाडौं– प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले काम सुरु गरेको छ ।

समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको हो ।

समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको अध्यक्षतामा बुधबार बसेको बैठकले कार्यविधि निर्माणबारे छलफल गरेको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

२०७८ फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.