माओवादीमा पदाधिकारी चयन, श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, देव गुरुङ महासचिव

काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयन गरेको छ ।

पार्टीको राष्ट्रिय महाधिवेशन र केन्द्रीय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको प्रस्ताव सर्वसम्मत पारित भएको नेता रमेश मल्लले जानकारी दिनुभयो ।

माओवादी केन्द्रमा अब नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष चयन हुनुभएको छ ।

देवप्रसाद गुरुङलाई महासचिव बनाइएको छ ।

उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भूषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की चयन हुनुभयो ।

माओवादी केन्द्रले कोषाध्यक्षमा श्रीराम ढकाल चयन गरेको छ ।

यसैबीच माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.