लागू औषध सहित बारामा २ भारतीय पक्राउ

बारा– बारा प्रहरीले आज शनिबार अबैध लागू औषध सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.२० स्थित गण्डक नहरमा बिहान प्रहरीले गरेको चेकजाँचमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना कोरैया वडा नं. १ बस्ने ३२ वर्षीय चन्दन मिश्रा र २५ वर्षीय धर्मजित कुशवाहा रहेका छन् ।

प्रहरी चौकी बसतपुर बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत तर्फबाट मोटरसाइकलमा आएका उनीहरुलाई पिठ्युमा बोक्ने झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा अवैध लागू औषध डाइजेपाम ६०० पिस, फेनारगन ६०० पिस र नुर्फिन ६०० पिस तथा नाइट्राभेट १ लेखिएको ट्याबलेट ३०० पिस सहित फेला पारेको हो ।

अवैध लागू औषध, भारतीय बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याई ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजेश थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.