विद्यालयमा सेनाको हेलिकप्टर आक्रमणः सात बालबालिकासहित १३ को मृत्यु

म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

सेनालाई उद्धृत गर्दै टीआरटी वर्ल्डका अनुसार उक्त भवन विद्रोहीहरूले प्रयोग गरिरहेको बुझिएको थियो। घटना मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको टीआरटी वर्ल्डले जनाएको छ ।

गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाएको बताइएको छ । टीआरटी वर्ल्डका अनुसार गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको गाउँमा सेना पसेपछि मृत्यु भएको थियो ।

दुई जना बासिन्दालाई उद्धृत गर्दै टीआरटी वर्ल्डले जनाएअनुसार सेनाले शवहरूलाई पछि ११ किलोमिटर टाढाको टाउनशिपमा पुर्‍याएर गाडेको बताइएको छ ।

सन् २०२० को फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । म्यानमारको जन्टाले सैन्य शासनको विरोध गर्नेहरूलाई दबाउन राष्ट्रव्यापी आक्रमणको निशाना बनाएको छ । ह्युमन राइट्स वाचले उल्लेख गरेअनुसार जनहत्या, यातना, स्वेच्छाचारी गिरफ्तारी, र नागरिकहरूमाथि अन्धाधुन्ध आक्रमणहरू लगायतका घटना जन्टाका मानवता विरुद्धका अपराध हुन् ।

फेब्रुअरीमा भएको विद्रोह पछि, सुरक्षा बलहरूले कम्तीमा १,६००० मानिसहरूलाई मारेका छन् भने १२,००० भन्दा बढीलाई हिरासतमा लिइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.