इरानमा व्यापक जनप्रदर्शन

हिरासतमा रहेकी २२ वर्षीय कुर्दिश महिला महसा अमिनीको मृत्युको घटनालाई लिएर इरानमा व्यापक जनप्रदर्शन भइरहेको छ ।

हिसांत्मक बन्दै गएको प्रदर्शनका क्रममा हालसम्म ९ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरुले आन्दोलनलाई सशक्त बनाउन सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । यसैबीच न्युयोर्कमा संयुक्त राष्ट्रसँघको महासभामा भाग लिन पुग्नुभएका इरानका राष्ट्रपति इब्राहिम रैसीले महिलाको मृत्युको विषयमा छानबिन हुने बताउनुभएको छ । उहाँले प्रहरी हिरासतमा उनलाई कुटिएको आरोप गलत भएको दाबी समेत गर्नुभएको छ ।

प्रदर्शनकारीहरुले भने सरकारको दाबी गलत भएको भन्दै आन्दोलन थप सशक्त बनाइरहेका छन् । इरानी प्रहरीले भने उनको मृत्यु हृदयघातका कारण भएको जनाएको छ । राष्ट्रपति रैसीले कुनै पनि बहानामा हिंसात्मक प्रदर्शन सह्य नहुने बताउनुभएको छ ।

पछिल्ला केही वर्षमा मात्र इरानमा यस्ता प्रकारका आन्दोलन र प्रदर्शनका क्रममा १७ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।पोशाक सम्बन्धी नियम तोडेको आरोपका कारण प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो । अमिनीको गत शुक्रबार अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.