प्रधानमन्त्री कप क्रिकेट तालिका सार्वजनिक

काठमाडौं– कार्तिक १३ गतेदेखि २६ गतेसम्म काठमाडौमा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज सो प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । दुई समुहमा बाँडिएको प्रतियोगितामा विभागीय ३ टोली र ७ वटै प्रदेशको सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन खेल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समुहका दुई शीर्ष टोलीबीच सेमिफाइनल खेल हुने र कार्तिक २६ गते शनिवार फाइनल खेल खेल्ने तालिका तय गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्