२४ घण्टामा १४ जनामा कोरोना पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ३३० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २० जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको मृत्युदर शून्य छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५९१ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ४१ हजार २४४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.