इन्डिया-नेपाल ताङ सूडो प्रतियोगिताका लागि नेपाली टोली नयाँ दिल्ली प्रस्थान

काठमाडौं– पुस २० गते देखि हुने इन्डिया-नेपाल ताङ सूडो प्रतियोगितामा सहभागी हुन आज खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

प्रतियोगितामा भाग लिन नेपालका तर्फबाट पाँच जना ताङ सूडो खेलाडीहरु आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रतियोगिताका लागि तेज बहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुङ्गाना सहभागी हुनु हुनेछ ।

प्रतियोगितामा उमेर समुहका आधारमा खेलाडीहरुले भाग लिने प्रशिक्षक सञ्जय विश्वकर्माले जानकारी दिनुभयो । भारतको दिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले २० देखि ६ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताउनुभयो । जि आर फिटनेस सेन्टरले नेपाल पहिलो पटक ताङ सूडो नेपाल भित्र्याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.