क्यानले भन्यो– ‘म्याच फिक्सिङ र स्पट फिक्सिङको प्रमाण भए दिनूस्’

काठमाडौं– जारी नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा म्याच फिक्सिङको आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले म्याच फिक्सिङ र स्पट फिक्सिङको दाबीको खण्डन गर्दै त्यस्ता गतिविधि भएको जानकारी भएमा प्रमाणसहित उजुरी दिन भनेको छ ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेटको नियामक क्यानले फिक्सिङ भएकोबारे जानकारी भएमा क्यानको केन्द्रीय कार्यालय वा नेपाल टी-ट्वान्टी लिगको एन्टी करप्सन युनिटमा उजुरी गर्न अनुरोध गरेको हो । क्यानले राष्ट्रिय छवी विग्रने गरि यस्ता दुष्प्रचार नगर्न पनि सचेत गराएको छ । प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको भन्दै क्यानले त्स्तो भएमा सप्रमाण उजुरी दिन भनेको हो ।

नेपाल क्रिकेट संघको संयोजन र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा पौष ९ गते देखि काठमाडौंमा भईरहेको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा आवद्ध खेलाडी र समिक्षकहरुले खेल मिलेमतो भएको सार्वजनिक अभिव्यक्ति दिएपछि सिआइबीले अनुसन्धान शुरु गरिसकेको छ । गृह मन्त्रालयले समेत मिलेमतोको छानविन गर्न निर्देशन दिएको छ ।

यसैबीच राष्ट्रिय खेलकुद परिषद् राखेपले लिगमा देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न परिषद्का सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । लिग सञ्चालन र त्यसमा खेलिरहेका विदेशी खेलाडीहरुको श्रम स्विकृतिको विषय पनि उठिरहेकोले १५ दिनभित्र सत्य तथ्य पत्ता लगाउन समिति गठन गरिएको राखेपले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.