आईसीसी क्रिकेट विश्वकप लिग- २: पपुवा न्यूगिनीविरुद्ध नेपाल तीन विकेटले विजयी

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग- २ मा नेपालले पपुवा न्यूगिनीलाई तीन विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम दुइ ओभर बाँकी छँदा सात विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी निर्णायक रह्यो । खराब सुरुवात गरेको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । एकपछि अर्को ब्याट्सम्यान आउट हुँदा पनि ओपनर आसिफ क्रिजमा टिकिरहेका थिए । नवौं नम्बरमा आएका सन्दीपले आसिफलाई बलियो साथ थिए ।

दुबैले आठौं विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । आसिफ ८६ र सन्दीप ३५ रनमा अविजित रहे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.